हत्याको अभियोगमा तीन जना पक्राउ

0
507

मोरङ ।

मोरङको कटहरी गाउँपालिका–२ आदर्शटोलका ५० बर्षीय तुलसी श्रेष्ठको हत्याको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका १ का ३३ बर्षीय रविन भुजेल, कटहरी गाउँपालिका १ कै २९ बर्षीय कपिल माझी र कटहरी गाउँपालिका ३ का २८ बर्षीय नितेश चौधरी रहेका छन् ।

आज बिहान साढे ६ बजे मोरङ कटहरी गाउँपालिका –१ महेशपुर थानगाछी स्थित बित्तु माझीको खेतमा तुलसी श्रेष्ठ मृत अबस्थामा रहेको जानकारी प्राप्त हुन साथ वडा प्रहरी कार्यालय (ख) हाटखोला र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिएको थियो ।

घटनाको प्रकृति हेर्दा मृतकको शरीरमा चोटपटक देखिएकोले हत्या भएको हुन सक्ने आशंका गरि डग स्नाफिङ समेत गरिएको थियो । घटनालाई सुक्ष्म रुपले अनुसन्धान थालेको मोरङ प्रहरीले घटनामा संलग्नलाई आजै बिहान १० बजे पक्राउ गर्न सफल भएको हो ।

आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुंगा लगायतका औजारहरूले टाउँकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here