मेची अस्पताल सुधारका लागि छलफल

२३ श्रावण २०७९, सोमबार मा प्रकाशित

भद्रपुर, मेची प्रादेशिक अस्पताल सुधार समिति र सम्वाद समूह बीच छलफल भएको छ ।
भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको विविध पक्षको सुधारका लागि गठन भएको सुधार समितिसँग सोही विषयमा आइतवार छलफल भएको हो ।
छलफलमा मेची प्रादेशिक अस्पताललाई सुविधासम्पन्न एवम् गुणस्तरीय बनाउने अभियानमा जुटेको सुधार समितिलाई सधैं सहयोग र सहकार्य गर्ने आपसी सहमति भएको युवा सामाजिक व्यक्तित्व डिल्ली घिमिरे हिक्मतले बताए ।
अस्पताल सुधारको अभियानलाई निर्णायक निष्कर्षमा पु¥याउने सहमति भएको छ– उनले भने– विपन्न वर्गको आशा र भरोसाको एक मात्र अस्पतालको सुधार गर्नुको विकल्प छैन ।
अस्पतालको सेवा सुधारका लागि ३५ बुँदे ज्ञापन–पत्र बुझाइ सकिएको सुधार समितिका अध्यक्ष दीपक तिम्सिनाले बताए । आमनागरिकले सर्वशुलभ स्वास्थ सेवा पाउनबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएपछि सुधारका लागि अभियान चलाइएको उनले बताए ।
संविधानमा हरेक नागरिकले स्वास्थ्य सेवा पाउनुपर्ने व्यवस्था गरिए पनि नागरिक गुणस्तरीय स्वास्थ्य सेवाबाट सँधै बञ्चित हुँदै आएको अर्का सामाजिक अभियन्ता शिवकुमार राजभण्डारीले बताए । संविधानले नै प्रदान गरेको स्वास्थ्यको अधिकार प्राप्त गर्न मेची अस्पतालको सुधार हुन जरुरी छ– उनले भने– कुनै पनि हालतमा मेची अस्पताललाई सर्वसाधारणले गुणस्तरीय सेवा पाउने थलो बनाउनैपर्छ । छलफलमा सुधार समितिका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here