स्रोत नखुलेको रकम सहित पक्राउ

0
223

मोरङ।

मोरङको बिरानगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ मोरङका ३२ बर्षीय उदियानन्द सरबरीया रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका सरबरीयालाई संका लागि चेक जाँचको क्रममा स्रोत नखुलेको तीन लाख ५६ हजार २ सय १० रुपैया नेपाली नोट सहित पक्राउ गरेको हो ।

स्रोत नखुलेको रकमसहित पक्राउ परेका सरबरीयालाई आवश्यक कारवाहीको लागि आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनााएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here