‘क्याम्पसका बेथिति र विकृति विरुद्ध हाम्रो उम्मेदवारी’

0
253

सुरुङ्गा ।

आगामी चैत ५ गते तय भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरूले क्याम्पसको बेथिति र विकृति विरुद्धमा उम्मेदवारी दिएको बताएका छन् ।

सोमबार क्याम्पस परिसरमा आयोजना गरिएको पत्रकार भेटघाटमा स्वतन्त्र तर्फबाट अध्यक्ष पदका उम्मेदवार डिल्लीराम खरेल (महेश) र कोषाध्यक्ष पदका उम्मेदवार प्रतीक ढकालले उक्त कुरा बताएका हुन् ।

स्वतन्त्र तर्फबाट मात्र २ जनाको उम्मेदवारी परेको छ । आफूहरू समताको पक्षमा रहेकाले सदैव न्यायको पक्षमा उभिने उनीहरूले बताए । क्याम्पस सञ्चालक समितिको विवादका कारणले सधैं विद्यार्थीले सास्ती खेप्नुपरेकाले विद्यार्थीको आवाज दबाएर क्याम्पस प्रशासनलाई सधैं हजुर भन्नुपर्ने प्रथा बन्द गर्न आफूहरू स्ववियु चुनावमा उठ्नुपरेको उनीहरूको विचार थियोे ।

क्याम्पस प्रशासनले विद्यार्थीका जायज माग र गुनासा नसुन्ने, समूह बनाएर जानुपर्ने र पार्टीको झण्डा ओढ्नेको मात्र काम हुने परिपाटीको अन्त्य गर्न स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न आम विद्यार्थीसँग उनीहरूले अपिल गरे ।

क्याम्पसमा शौचालय, यातायात, पुस्तकालय, सेनिटरी, पठनपाठन लगायतका समस्या हल गर्न कसैको दबाब र प्रभावमा नपरी काम गर्ने उनीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । आफूले जितेपछि क्याम्पसलाई अभिभावक मैत्री क्याम्पस बनाउने, सुशासन सहितको क्याम्पस प्रशासन बनाउने, विद्यार्थीका आफ्ना समस्या आफै उठाउन र आफ्नो आवाज आफैं बन्न प्रोत्साहित गर्ने, ऊर्जावान प्राध्यापक भित्र्याउन विद्यार्थीकेन्द्रित प्राध्यापक छनौट प्रक्रिया ल्याउन सञ्चालक समितिमा पहल गर्ने र क्याम्पसलाई राजनीतिक खेलमैदान नभएर शिक्षाको असल केन्द्रका रूपमा विकास गर्ने नीति अवलम्बन गर्ने उम्मेदवारद्वय खरेल र ढकालले प्रतिबद्धता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here