शिवसताक्षीमा गर्भवती महिलाको निःशुल्क ‘भिडियो एक्स–रे’

0
253

विनोद सापकोटा,
झिलझिले ।

शिवसताक्षी नगरपालिकाले सुरक्षित मातत्ृवका लागि गर्भवती महिलाहरुको निशुल्क ‘भिडियो एक्सरे’ गर्ने भएको छ । नगरको १२ औ नगर सभामा उपप्रमुख नरमाया कार्कीले यस संग सम्बन्धी मापदण्ड बनाएर गर्भवती महिलाको घर घरै पुगेर भिडियो एक्सरे सेवा प्रदान गरिने बताईन् ।

उपप्रमुख कार्कीले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दे भनिन् ‘यस नगरपालिका भित्र रहेका गर्भवती महिलाहरुको निशुल्क भिडियोे एक्सरे सेवा प्रदान गरी सुरक्षित मातत्ृव सेवा कायक्रमलाई प्रभाकारी रुपमा संचालन गरिने छ ।’

नगर उपप्रमुखले कार्यविधि बनाएर कार्यक्रम संचालन गरिने पनि बताईन् । खास गरेर महिलाहरुले आफ्नो गर्भ परिक्षणका लागि नगर बाहिर जानु नपरोस्, घर घरमै सुविधा पाउन सकुन भनेर आगामी आर्थिक वर्ष ०८०—०८१ को नीति तथा कार्यक्रममा यो योजना पनि समावेस गरिएको बताएकी छन् ।

‘मैले निर्वाचनताका मत माग्दै गर्दा यो विषयलाई प्राथमिकतामा राखेर सुविधा प्रदान गर्ने बाचा गरेको थिए,’ उनले भनिन् ‘मेरा बाचा यसरी नै क्रमश पुरा हुदै जानेछन् ।’ नगरका गर्भवती महिला प्रजनन् स्वास्थ्यका लागि दमक, विर्तामोड, भद्रपुर, विराटनगर, धरान लगायतका स्थानमा प्रजनन् स्वास्थ्यका लागि जाने गरेका छन् । नगरमा यो कार्यक्रम संचालन भयो भने फोनको एक कलमा घरैमा सुविधा पाईने नगर उपप्रमुख काकीले बताएकी छन् ।

नगर उपप्रमुख कार्कीले यो कार्यक्रमले नगरका गर्भवती महिलाको प्रजनन् स्वास्थ्य सुरक्षित गर्न टेवा पुग्ने छ । ‘आमा र नवजात शिसुरुको स्वास्थ्यमा हुन सक्ने जोखिम न्युनीकरण का लागि यो कार्यक्रम महत्वपुर्ण रुपमा संचालन हुनेछ, ।’

नगरका सामुदायिक विद्यालयमा कक्षा ११ मा अधययन गर्ने विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गरिने पनि उनले बताईन् । यसका लागि नगरले ३० लाख बजेट छुट्याएको छ ।

उन्नत जातको धान खेतीलाई प्रोत्साहन गर्न नगरले कार्यक्रम ल्याएको छ । पाँच कठ्ठा माथी वास्नादार कालो नुनियाँ धानको खेती गर्ने किसानलाई प्रोत्साहन गरिने कार्यक्रम नगरले ल्याएको छ ।

यसैगरी नगरलाई महिलामैत्री नगर बनाई उनिहरुको आय आर्जनमा टेवा पुर्याउन श्रोतको पहिचान गरिने नगर उपप्रमुख कार्कीले प्रस्ताव गरेकी छन् ।

महिलाहरुको जिवीकोपार्जनका लागि आय मुलक कार्यक्रममा सहभागी गराइने र उनिहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि नगरले कार्यक्रम ल्याएको उपप्रमुख कार्कीले बताईन् । ‘विभिन्न शिप र दक्षता प्रदान गर्न तालिम प्रदान गरेर नगरका अधिकांस महिलाहरुलाई व्यवसाय गर्न प्रोत्साहन गरिने छ,’ उनले भनिन् ।

अपाङलाई उनिहरुको क्षमता अनुसारको शिपमुलक तालिम प्रदान गरि उनिहरुको आर्थिक उपार्जन गर्ने क्षमता वृद्धि गर्ने लक्ष्य नगरले लिएको छ । यस्तै विद्यालय तहमा अध्ययनरत छात्रालाई ‘सेल्फ डिफेन्स’ तालिम प्रदान गर्ने कार्यक्रम समावेस भएको छ । उपमेयर संग महिला कार्यक्रम, जेष्ठ नागरिकलाई वडाका सामुदायिक स्वास्थ्य संस्थामा निशुल्क औषधी र उपचार प्रदान गरिने कार्यक्रम संचालनमा ल्याइने कार्कीले बताएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here