झापामा नालीमा खसेर एकजनाको मृत्यु

0
11

झापा ।

झापाको चन्द्रगढी–चारआली सडकको छेउ नालीमा एक व्यक्ति मृत फेला परेका छन् ।

मेचीनगर– १३ पुरानो आइतबारे हटियास्थित बाटो छेउको पूर्वपट्टिको नालीमा तत्काल नाम ,थर, वतन नखुलेको अन्दाजी वर्ष ३५ का पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

मृतकको छेउमा एउटा साइकलसमेत फेला परेको छ । स्थानीयले दिउँसो ३:२० बजेको समयमा प्रहरी चौकी चारआलीमा जानकारी गराउनासाथ प्रहरी टोली खटिगई साँझ ५:१० बजे पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here