पथरीशनिश्चरेमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

0
27

पथरी शनिश्चरे,

माेरङ्गकाे पथरी शनिश्चरे -१ मा रहेकाे पञ्चायत नमुना माविमा १४ औं नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरू भएको छ।

बिहीबार एक कार्यक्रमका बीच नगरप्रमुख मोहनप्रसाद तुम्वापोले सो प्रतियोगिताको औपचारिक उद्घाटन गर्नु भएको हो।

राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति संयोजक समेत रहनुभएका नगरप्रमुख तुम्वापोले नगरपालिका भित्रका सम्पुर्ण निजी संस्थापक तथा सामुदायिक विद्यालयका छात्र छात्राहरुले अनुशासित र खेलको नियमानुसार आफुले रोजेको विभिन्न खेलकुद “इभेन्टहरूमा” सहभागिता लिई पढाई संग संगै खेल क्षमता बृद्धि गर्दै भविष्यमा व्यवसायिक खेलाडीको रूपमा स्थापित हुन समेत शुभ कामना व्यक्त गर्नुभयो । साथै, उहाँले खेल व्यवस्थापनका लागि सम्लग्न सम्पुर्णलाई सफलतापूर्वक विभिन्न खेल प्रतियोगिताहरूको संचालन गर्न पनि अनुरोध सहित निर्देशन गर्नुभयो।

उक्त अवसरमा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सदस्य तथा वडा नं. १ का अध्यक्ष भीमकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य चण्डीप्रसाद राई , नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख एवम् राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सदस्य शालिग्राम काफ्ले, शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत नवीन खुलाल , पञ्चायत माविका विद्यालय व्यवस्थापन समिति महासङ्घ एवंम् आयोजक विद्यालयका विव्यस अध्यक्ष युवराज बाँस्कोटा, सोहि माविका प्राचार्य अर्जुन कुमार बुढाथोकी,प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठ , वडाध्यक्षहरू क्रमशः नैना राई, जीवन खतिवडा, विजय लिम्बू , लोकनाथ न्यौपाने , उद्धवराज बस्नेत ,नवीन कार्की, नगर खेलकुद विकास समितीका संयोजक दिपक राई, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल- प्याब्सन, पथरीशनिश्चरे नगर समिति अध्यक्ष सुरेन्द्र लिम्बू, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल- एनप्याब्सन, पथरीशनिश्चरे नगर समिति अध्यक्ष थिरप्रसाद आचार्य, विभिन्न विद्यालयहरुका प्रधानाध्यापक तथा प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो।

तीन दिन दिवसीय पथरीशनिश्चरे नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता-२०८०मा १५ संस्थागत तथा ११ सामुदायिक विद्यालय गरी जम्मा २६ विद्यालयहरूले विभिन्न खेलहरूमा सहभागिता जनाएका छन्।

राष्ट्रिय झण्डा बोकेर विभिन्न विद्यालयहरुका विद्याथीहरूले मार्च पास गरेका थिए भने पञ्चायत माविका सिभिल इन्जिनियरिङ विधाका छात्र छात्राहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए।
आजैदेखि रनिङ, भलिबल, कराँते, छेलो , सटपुट, कबड्डी, लगायतका विभिन्न खेलहरू संचालन गरिएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here