ताप्लेजुङमा आगलागी हुँदा आठ लाख क्षति

१ फाल्गुन २०८०, मंगलवार मा प्रकाशित

फुङ्लिङ (ताप्लेजुङ),

ताप्लेजुङको फक्तालुङ गाउँपालिका–१ सावदेनस्थित एक घरमा मङ्गलबार आगलागी हुँदा घर जलेको छभने त्यहाँ रहेको रु आठ लाख बराबरको धनमाल नष्ट भएको छ ।

आगलागीबाट बुद्धमती लिम्बूको घर पूर्ण रूपमा नष्ट हुँदा रु आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आज दिउँसो आगलागी हुँदा दुईतले कच्ची जलेको हो । घरमा रु एक लाख नगद र तीन तोला सुनसमेत नष्ट भएको बताइएको छ ।

फक्ताङलुङ गाउँपालिका–१ का वडाध्यक्ष योज्ञप्रसाद लिम्बूका अनुसार घरमा कोही नभएको समयमा आगो सल्केको थियो । आगलागीको कारण अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here