अर्जुनधारामा माछापालन व्यवसायीहरुसँग अन्तरक्रिया सम्पन्न

0
40

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत पशुपंक्षी, मत्स्य विकास शाखाको आयोजनामा बिहीबार माछापालन व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अर्जुनधारा–९ स्थित सुखानी शहीद स्मृति उद्यानको सभाहलमा नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीयाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि भेटनरी पशु सेवा विज्ञ केन्द्र भद्रपुरकी वरिष्ठ मत्स्य अधिकृत शितल भट्टराईले उद्घाटन गरेकी थिइन् ।

शाखाले विगत वर्षहरुमा सञ्चालन गरेको ब्लक र पकेट सञ्चालनको प्रभावकारितासँगै माछापालन व्यवसायीहरुमा रहेको समस्यासँगै समाधानको उपाय र आगामी रणनीतिहरु बारे छलफल गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।

त्यसैगरी उनीहरुलाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको मत्स्य विकास सम्बन्धी नीतिबारे जानकारी गराउनका लागि पनि कार्यक्रम महत्वपूर्ण भएको उनले दावी गरे । ३० जना व्यवसायीको सहभागिता रहेको कार्यक्रममा सहजकर्ताद्धय प्रमुख अतिथि वरिष्ठ मत्स्य अधिकृत भट्टराई र शाखा प्रमुख राईले सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए ।

कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली, माछा व्यवसायी संघ अर्जुनधाराका अध्यक्ष युवराज पाण्डेलगायतले आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here