सरसफाई अभियन्ता झापा अर्जुनधाराका विष्णु आचार्य जापानमा, एशिया लिडर्स एकाडेमीमा सहभागी

0
336

ओसाका (जापान) ।

विश्व सरसफाइ दिवसको अवसर पारेर जापानको ओसाकामा एशियाका सरसफाई अगुवाहरुका लागि पाँच दिने लिडर्स एकाडेमी सम्पन्न भएको छ ।

‘वल्र्ड क्लिनअप डे लिडर्स एकाडेमी एशिया’ नाम दिइएको अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै कन्ट्री लिडर झापा अर्जुनधारा ६ निवासी विष्णु आचार्य सहभागी भएका छन् । बिर्तामोडमा व्यवसाय गर्दै सरसफाइ अभियानमा लामो समयदेखि योगदान गर्दै आएका आचार्यले सरसफाइ लिडर्स एकाडेमीमा नेपालको तर्फबाट प्रस्तुति समेत राखेका थिए ।

लिडर्स एकाडेमी यही जुलाईको १८ देखि २१ तारिकसम्म भएको थियो । कार्यक्रममा फोहोरमैला ब्यबस्थापन, चुनौति समाधानका उपायहरुका बिषयमा छलफल गरिएको थियो । फोहोर ब्यवस्थापन नेपालसंगै बिश्वका सबै देशको चुनौती एउटै हो यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ? भन्नेमा सबैको जोड थियो । तर पनि बिश्वको तुलनामा नेपालको अवस्था अलि गम्भीर बन्दै गइरहेको त्यस अवसरमा औल्याइयो ।

कार्यक्रम धेरै प्रभावकारी भएको आचार्यले बताए । उनले भने –‘जापान त्यसै नै विकास र उपकरणमा निकै प्रभावशाली राष्ट्र हो। योसंगै सरसफाइ र फोहोर ब्यवस्थापनमा पनि त्यतिकै अघि छ, त्यहाँका बाटोहरु, सुपरमार्केट कति सफा छ्न् जुन शब्दमा बयान गर्न असम्भव छ ।’ कार्यक्रममा सहभागी १६ राष्ट्रका २६ प्रतिनिधिलाई आचार्यले मायाको चिनो स्वरुप नेपालको झण्डाको ब्याच प्रदान गरेका थिए ।

विश्व सफाइकी अध्यक्ष हेदि सोल्बाले जापानको टिमले गरेको स्वागत सम्मानलाई उच्च प्रसंशा गर्दै सबै देशबाट आएका लिडरलाई सक्रिय सहभागिता र प्रभावशाली प्रस्तुतिका लागि धन्यवाद ज्ञापन गरिन् ।

आचार्य पर्यटकीय स्थल तथा धार्मिक मठ–मन्दिर क्षेत्रको सरसफाईमा लामो समयदेखि योगदान गर्दै आएका छन् । उनको अगुवाईमा भ्रमण वर्षलाई लक्षित गरी मेची–महाकाली सरसफाई अभियान सञ्चालन भएको थियो ।

त्यसक्रममा मुलुकका ४२ बढी जिल्लाका स्थानीय पालिका क्षेत्रका पर्यटकीय स्थलहरुको सरसफाई गरिएको थियो । उनले बिर्तामोड र आसपासका क्षेत्रमा समेत सरसफाईमा विशेष अभियान सञ्चालन गर्दै आएका छन् ।

पाँच दिनमा के–के भयो ?

पहिलो दिनः
जापानको टिम र प्रतिनिधि ताकोइ असाइले विभिन्न देशबाट आएका लिडरहरुलाई स्वागत सम्मान गरेका थिए ।

दोस्रो दिन :
ओसाका शहरको डेशिसा युनिभर्सिटीमा जापानका प्रतिनिधि तकाओ असाइले कार्यक्रमको सुरुवात गरे । त्यसै बिश्व सफाइकि अध्यक्ष हेदि सोल्बाले फोहोर उत्पादन संगै चुनौती र दीर्घकालीन समाधानका उपायका बारेमा जानकारी गराइन् ।

एसियाका अगुस्टाले समुद्रसंग जोडिएका रास्ट्रहरुमा फोहोर उत्पादन, वर्गीकरण र पुन प्रयोग गर्न सक्ने फोहोर ब्यबस्थापनका बारेमा जानकारी गराए । प्रोफेसर सडाओ हर्दाले जापानले फोहोर ब्यवस्थापनको विषयमा प्रष्ट्याएका थिए । यसुसी ओसाका वातावरण विभागले सरसफाइमा गरिएको उपलब्धिका बारेमा प्रष्ट्याए ।

तेस्रो दिनः
जलवायु परिवर्तनका विषयमा सिंगापुरका प्रतिनिधि चुन हुइसेनले प्रतिवेदन प्रस्तुत गर्नुका साथै सामुहिक छ्लफल भयो।
चौथो दिनः
समुन्द्र तट योडोगावा (ओसाका शहर छेउ) परिसर स्थानीय संस्थाको सहकार्यमा समुद्र किनार सरसफाइ गरियो । त्यसक्रममा कम्तिमा पााँच टन फोहोर संकलन गरिएको थियो ।

पाचौं दिन:

जापानको एउटा शहरको भ्रमण (कामिकात्सु टाउन) गरियो । जहाँ स्थानीय पालिका र गैरसरकारी संस्थाको पहलमा फोहोर संकलन, प्रशोधन,वर्गीकरण र बिक्री वितरण हुने रहेछ।

वर्गीकरण गरिएका मध्ये पुनःप्रयोग गर्न मिल्ने सामाग्री आवश्यक परेमा त्यो सामाग्रीको वजन अनुसार एउटा सहयोग रकम जम्मा गर्न राखिएको बक्समा आफूले सकेको सहयोग रकम लगाएर सामाग्री लिन मिल्ने रहेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here