मोहम्मद जयन्ती मनाइयो

0
26

बिर्तामोड ।

झापाको बितामोड–७ मा आज १४४६औं मोहम्मद जयन्ती (मोहम्मद दिवस) मनाइएको छ ।

मियाबारीबाट गरामनी हुँदै ठूलो संख्यामा ¥यालीसहित मुक्तिचोक परिक्रमा गरी फेरि मियाबारीमै गएर एक कार्यक्रमसहित मनाएको छ ।

उक्त ¥यालीमा बिर्तामोड वडा नं. ७ मा रहेको मदरसा गौसिया, मदरसा फैजाने मदिना बिर्तामोड–७ गरामनी, मदरसा इम्दादुल उलुम बिर्तामोड–६ घण्टीबारी, मदरसा स्वाजा गरिब नवाज बिर्तामोड–५ सगरमाथा टोल, मदरसा नुरिया सम्सुल उलुम बिर्तामोड–५ शान्तिटोल, मदरसा अन्जुमन मदरसा गौसिया बुद्धशान्ति–३ को सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड वडा नं. ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले बिर्तामोड मियाबारीको गौसिया दरसामा आवश्यक तुरुन्तै कार्पेट म्याटको व्यवस्थापन आज नै गर्ने भनेर बचत दिएका छन् ।

यसैगरी विशिष्ट अतिथि एमालेका नगर अध्यक्ष सुवास भट्टराई लगायत रहेका थिए । कार्यक्रमका सभाध्यक्ष वासिक शेखले गरेका थिए । कार्यक्रमको सञ्चालन घनश्याम भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here