रुपरत्न मेमोरियलमा विदाई एवम् स्वागत कार्यक्रम

0
274

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७स्थित रुपरत्न मेमोरियल बोर्डिङ स्कूलको आयोजनामा बिहीबार विदाई एवम् स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा–१२ का पास आउट विद्यार्थीहरुलाई विदाई एवम् कक्षा–११का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्ने उद्देश्यले विद्यालयकी संयोजक नम्रता गिरीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अग्रज शिक्षक नारायण पौडेलले उद्घाटन गरेका थिए ।

कार्यक्रममा पास आउट हुने विद्यार्थीहरुलाई मायाको चिनोसहित विदाई र नवआगन्तुक विद्यार्थीहरुलाई खदा ओढाएर स्वागत गरिएको थियो । त्यसैगरी कार्यक्रममा विद्यार्थीहरुले सामुहिक नृत्य एवम् शिक्षक सुरेन्द्र अधिकारीले साहित्य सामग्री प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा कक्षा–१२ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउन सफल विद्यार्थी अविरल खनाल(३.२७)लाई सम्मानित गरिएको थियो । शिक्षक जीवन लिम्बूले विद्यालयको विभिन्न गतिविधि बारे जानकारी तथा विद्यार्थी चाँदनी सञ्जेलले आफ्नो अनुभव प्रस्तुत गरेको कार्यक्रममा अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यार्थी कमलप्रसाद डाँगीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक प्रेम खड्काले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here