कमल ।
कमल नगर अस्पतालले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा वृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
आगामी फागुन १ गते विहीवारका दिन विशेषज्ञ डाक्टरहरूद्वारा निःशुल्क रुपमा वृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने अस्पतालले जनाएको छ ।
अस्पताल द्वारा गरिने निःशुल्क स्वास्थ्य शिविरमा फिजिसियन सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, आँखा परिक्षण सेवा, मानसिक रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बालरोग विशेषज्ञ सेवा र दन्त परिक्षण सेवा सञ्चालन गरिने कमल नगर अस्पतालका कार्यालय प्रमुख दीपक दाहाल जानकारी दिए ।
अस्पतालले नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै विभिन्न सेवा विस्तार गरेसँगै अस्पतालमा बाट सेवा लिने सेवाग्राही हरूको उपस्थित बढ्न थालेको छ । एक वर्ष अगाडि सम्म सामान्य रुपमा सेवाग्राही आउने अस्पतालमा अहिले दैनिक एक सय भन्दा बढीले सेवा लिने गरेका छन् ।
अस्पताल प्रसूति सेवा लाई समेत स्तर उन्नति गरेपछि अहिले मासिक ६÷७ गर्भवती महिला प्रसूति गराउन अस्पताल आउन थालेका छन् । एक वर्ष पहिले अस्पतालमा आएर प्रसुती गराउने गर्भवती महिलाको सङ्ख्या मासिक १÷२ जना मात्र थियो ।
अस्पतालले हरेक हप्ताको आइतबार र विहीवार दन्त परिक्षण सेवा र महिनाको तेश्रो बुधवार मानसिक रोग विशेषज्ञ सेवा समेत सञ्चालन गर्दै आइरहेको प्रमुख दाहालले बताए ।