झापा।
इलामका रोङ गाउपालिका–२ मा एक ब्यक्तिको लडेर मृत्यु भएको छ ।
रोङ– २ चैनपुरस्थित प्रमिला राईको घरमा सोही ठाउँका ६२ वर्षीय दलबहादुर गजमेर चिया खाई घरबाट बाहिर निस्कने क्रममा अचानक घरको ढोकामा लडेका थिए । ढोकामा लडेका उनको घटनास्थलमै मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट बर्फल्याङमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट टोली खटिएको जनाइएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।