झिलझिले, नेकपा एमालेको महिला संगठन ‘अखिल नेपाल महिला संघ’ ले तीन वर्ष लामो निद्राबाट ब्यूँझँदै नयाँ नेतृत्व गठन गरेको छ ।
गठन लगत्तै ‘मिसन ८४’ को युद्धस्तर तयारीमा जुट्ने उनिहरुले घोषणा समेत गरे । तीन वर्षसम्म न बैठक, न निर्णय, न नारा संगठन यत्तिकै रहयो । अब भने नयाँ कमिटी गठन भएपछि पार्टीका नेता कार्यकर्ताले आशाको ‘झल्को’ देखेका छन् ।
पार्टी स्रोतले बताएअनुसार साविक अध्यक्ष गोमा बरालको कार्यकालमा संगठन यति ‘शान्त’ थियो कि सदस्यहरूले कहिल्यै सचिवको नाम पनि थाहा पाएनन् । ‘सचिव को थियो भनेर मलाई आजसम्म थाहा भएन,’ एक नेताले भने ‘अनि निर्णयको त कुरै नगरौँ, कार्यक्रम र निर्णयभन्दा पनि संगठन उँधो गतिमा गयो ।’ संगठनको तीन वर्ष सुताइ सकिएपछि अन्ततः एक्कासी दुई साता अघि ‘सजग’ भएका नेताहरूले शुक्रबार दुधेमा भव्य सम्मेलन गरे ।
यत्रो सम्मेलनमा सहभागी हुने भनिएका १०६ प्रतिनिधि मध्ये करिब ३५% चाहिँ आफ्नै सम्मेलनमा अनुपस्थित देखिए। ‘न त बोलाइएको थाहा भयो, न त कार्यक्रमको मिति । पार्टीको कमिटीलाई नै थाहा नदिइ कार्यक्रम भएछ ।’ पार्टीका एक स्थानीय वडाध्यक्षले भने । नयाँ कमिटीमा अध्यक्ष मेरिना कार्की सर्वसम्मत चयन भइन् । भलै उनि साविक कमिटीकी उपाध्यक्ष थिइन्, तर अब भने “युद्धस्तरमा सक्रिय हुने” उनले आफै बताईन । उपाध्यक्षहरू दुई जना भए ।
शायद पुराना उपाध्यक्षहरूको ट्रयाक रेकर्ड हेरेर ‘ब्याकअप सिस्टम’ बनाइएको हो कि ? भन्ने कतिपय महिला नेतृलाई लागेको छ । सचिव मञ्जु सापकोटा, सहसचिव उमा माझी, कोषाध्यक्ष अम्बिका शिवाकोटी सबै सर्वसम्मत ! संयोग कि रणनीति ? हुन त नेकपा एमाले लगायत अन्य बर्गिय संगठनको नेतृत्व चयन पछिल्ला दिनमा निर्वाचन भन्दा पनि सर्वसम्मत पञ्कृयाबाट हुने गरेका समाचार जो पढन र सुन्न पाईन्छ ।
कार्यक्रममा केन्द्रिय संघकी उपाध्यक्ष मेनुका काफ्लेले ‘संगठन कमजोर हुनुको दोष नेतृत्वलाई लगाईन । धेरैजसो नेताहरूले ‘अबको नेतृत्व जिम्मेवार हुनेछ’ भनेर शुभकामना दिए ।