आधारभूत विधालय स्तरीय हाजिरी जवाफमा स्वर्णीम मोडल प्रथम

0
139

इलाम,

अन्तर आधारभूत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा ३१ अंक सहित स्वर्णीम मोडल एकेडेमी माई–४ प्रथम बनेको छ ।

दानाबारी सामुदायिक सिकाई केन्द्र माईका आयोजना र शिक्षा, युवा तथा खेलकुद शाखा माई नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगितामा कन्काई मावि माई–२ ले २७ अंकका साथ द्धितिय भएको थियो। कन्काई मावि र गरुवा आवि २५/२५ अ‍ंक ल्याई बराबर भएपछी थप २ प्रश्नमा २ प्लस अंक सहित कन्काई द्वितीय भएको हो भने गरुवा आधारभूत विद्यालय माई-४ ले प्लस १ अंकका साथ २६ अंक प्राप्त गर्दै तृतीय र नेपाल ऐकेडेमी माई–४ ले २३ अंक सहित सान्तना स्थान प्राप्त गरेका छ ।

प्रथम, द्धितिय, तृतिय र सान्तानालाई आयोजकले नगद २ हजार १ सय, १ हजार, ८सय, १ हजार ५ सय र १ हजार २ सय नगद प्रदान गरेको छ । अन्य सहभागी सवै बिद्यालयलाई नगद ५ सयका दरले यातायात खर्च व्यवस्थापन गरिएको आयोजकले जनाएको छ ।

माई नगरपालिका वडा नम्बर १ देखी ५ सम्मका ११ वटा आधारभूत बिद्यालय सहभागी रहेको प्रतियोगितामा सुर्योदय आधारभूत विधालय माई-५ खर्बनी २२ अंकका साथ पाचौं, न्यु लाईट अंग्रेजी बोडिङ्ग स्कुल माई-२ माँझवारी २१ अंकका साथ छैंटौं, हिम शिखर बोडिङ्ग स्कुल माई-५ गधेनी भञ्ज्याङ २० अंक सहित सातौं, युवा बर्ष माध्यमिक बिद्यालय माई- १ सधुवा १६ अंक सहित आठौं, सरस्वती मावि माई -३ मुसेखोला १२ अंक सहित नबौ, लक्ष्मि बिद्या भवन आवि माई-५ कालिखोला ९ अंक सहित दशौं र कृष्ण मावि माई-५ थाक्ले ७ अंक सहित एघारौं भएका थिए । प्रतियोगिहरुलाई ६६ वटा प्रश्न सोधिएको थियो । प्रतियोगितामा निमन्त्रणा भएपनि शिसु सेवा मावि माई-२ चेप्टी र हरियाली रेशम सामुदायिक शैक्षिक गुठी माई-२ माँझवारीले सहभागिता जनाएनन।

दानाबारी सामुदायिक सिकाई केन्द्रका अध्यक्ष विमल कुमार दहालको अध्यक्षता, माई नगरपालिका वडा नं ४ का वडा अध्यक्ष हेम वहादुर लायो मगरको प्रमुख आथित्यमा र शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक केशब खनालको विशेष आथित्यता, वडा सदस्य महेन्द्र बुढाथोकी र पत्रकार हरि असिम अधिकार लगायत ११ विधालयका शिक्षकहरुको आथित्यतामा शुरु भएको कार्यक्रममा, शिक्षक, विधार्थी, अभिभावकहरुको उल्लेख सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण कन्काई माविका शिक्षक खड्ग प्रसाद दुलालले गर्नु भएको थियो ।

आयोजक संस्थाका कोषध्यक्ष दुर्गाराज शंकरको सञ्चालन सचिव सिता भट्टराईको स्वागतमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष हेम वहादुर लायो मगर, शिक्षा शाखा प्राविधिक सहायक केशब खनाल, गरुवा आधारभूत विधालयका प्रधानाध्यापक पृथ्वी तिम्सिनाले कार्यक्रम सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो।

अनौपचारिक शिक्षा अन्तरगत, साक्षरता अभियान, सचेतना कार्यक्रम, अतिरिक्त कृयाकलाप, सामुदायिक गतिविधी, सिप विकास तालिम लगायत बिभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको दानाबारी सामुदायिक सिकाई केन्द्रले शिक्षक, अभिभावक र बिद्यार्थीको सहभागितामा कार्यक्रम सम्पन्न गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here