श्रीमतीद्वारा श्रीमानलाई मलद्वारमा छुरा प्रहार गरेपछि…

0
66

धनकुटा ।

धनकुटामा श्रीमतीले श्रीमानमाथि छुरा प्रहार गरेका छन् ।

धनकुटा नगरपालिका-९ मुलघाट बजार बस्ने ४० वर्षीया माया राईले घरायसी विवाद हुँदा श्रीमान ४५ वर्षीय सनम सुब्बालाई मलद्वारमा छुरा प्रहार गरी घाइते बनाएकी हुन् ।

प्रहरी चौकी मुलघाटबाट प्रहरी सहायक निरीक्षक टंकबहादुर थापाको कमान्डमा प्रहरी टोली खटिएर छुरा प्रहार गर्ने माया राईलाई छुरासहित नियन्त्रणमा लिएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनकुटातर्फ पठाउने तयारी भइरहेको छ ।

घाइतेको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here