देउसीभैलोको दानबाट हाम्रो साझा घरका मातापितालाई एक छाक खाना

0
28
अर्जुनधारा । 
झापाको अर्जुनधारा नगरपालिका–२ र ३ खुदुनाबारीस्थित सचेत युवा समूहले देउसीभैलोबाट संकलन गरेको दानलाई परोपकारी कार्यमा खर्च गरेको छ ।
समूहका अध्यक्ष राजेन्द्र साँवा “राजा”का अनुसार संस्थाले बिर्तामोड नगरपालिका–४स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित हाम्रो साझा घरका ४७ जना मातापितालाई एक छाक खाना खुवाएको बताइएको छ ।
देउसीभैलोबाट संकलन भएको दानले मनोरञ्जनमा भन्दा पनि केही राम्रो कार्य गरौं भन्ने उद्देश्यले आफूहरुले उक्त कार्य गर्ने निर्णय गरेको अध्यक्ष राजाले जानकारी दिए । कार्यक्रममा समूहका सदस्य पृथ्वी सुब्बा, सल्लाहकारहरु अर्जुन समाल मगर, कुलचन्द्र पौड्ल, चन्द्र गुरुङ, जीवन लिङदेन, बेनु खवास, भेसु राई, रमेश फूँयेललगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here