ज्योति बस्तीमा सिर्जनाको सांस्कृतिक कार्यक्रम सम्पन्न

0
15
अर्जुनधारा । 
झापाको अर्जुनधारा नगरपालिका–७ ज्योति बस्तीस्थित सिर्जना बाल युवा क्लबको आयोजनामा देउसी भैलो समापन एवम् सांस्कृतिक कार्यक्रम–२०८२ सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार “भोला”ले उद्घाटन गरेका थिए ।
क्लबमा आबद्ध कलाकारहरुले विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरेको कार्यक्रममा नव युवा क्लबका अध्यक्ष देबेन्द्र मैनाली, सामाजिक व्यक्तित्वहरु दुर्गा भट्टराई, बबी श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
क्लबका पूर्व सचिव हिमाल निरौलाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव चेतन थापा र पूर्व सचिव निरौलाले संयुक्तरुपमा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here