आधारभुत तालिम सम्पन्न

0
503

भद्रपुर   असोज १० ।   नेपाल बार एशोसियसन झापाले भुटानी शरणार्थि तथा स्थानीय समुदायका लागि ५ दिने पारालिगल सम्वन्धि आधारभुत तालिम आज  सम्पन्न गरेकोे छ ।
यहि असोज ६ गते देखि सुरु भएको तालिममा झापाका स्थानीय तथा ३३ जना  शरणार्थी अगुवा हरुको  पारालिगल सम्वन्धि आधारभुत तालिममा सहभागिता रहेको   थियो ।
तालिममा  झापा जिल्लाका जिल्ला न्यायधिस सुदर्शनराज पाण्डे ,सरकारी वकिल रोमनाथ अधिकारी ,झापा वारका अध्यक्ष गजेन्द्र आचार्य ,पुर्व अध्यक्ष अमृतबहादुर वुढाथोकी , कानुन व्यावसायीहरु क्रमशः ज्ञानेन्द्र बहादुर कार्की , यज्ञ प्रसाद अधिकारी ,चन्द्रा श्रेष्ठ , सेवन्त मिश्र ,शान्ता पाठक ,देवी निरौला ,जिवन अधिकारी  ,लक्ष्मी कोईराला लगाएतका कानुन व्यावसायी हरुले तालिमको सहजी करण गर्नु भएको ,थियो ।
शरणार्थीहरु र स्थानीयको वीचमा  पारालिगलहरु उत्पादन गरि शिविर र स्थानीय समुदायमा कानुनी सचेतना वृध्दि गर्दै  समान न्यायमा पहुँच पुर्याउने उदेश्यले तालिमको आयोजना गरिएको झापा बारका अध्यक्ष गजेन्द्र आचार्यले वताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here