ललितपुर, कात्तिक २०। बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बज्रवाराही नगरपालिका–७ ढल्केश्वर बस्ने भोजपुर देउराली घर भएका ४३ वर्षीय सुमन भन्ने खड्कबहादुर घतालीलाई प्रहरीले पक्राउ गरेको छ ।
घतालीले विहीबार सोही ठाउँ डेरा गरी बस्ने सर्लाही मंगलपुर–३ घर भएकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।