सुनसरी, कात्तिक २०। धारिलो हतियार तथा बियरको बोतल प्रहार गरी ज्यान मारेको अभियोगमा धरान उपमहानगरपालिका–४ बस्ने १६ वर्षीय प्रशान्त कार्की, १६ वर्षीय सञ्जीव बिक, २३ वर्षीय रमेश बराइली र १९ वर्षीय सञ्जय राईलाई प्रहरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका–४ स्थित लक्ष्मी चोकमा बिहीबार सोही उपमहानगरपालिका–१३ बस्ने १७ बर्षीय रोजन ताम्राकारलाई सामान्य वादविवादमा ४÷५ जनाको समूहले धारिलो हतियार र बियरको बोतल प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाइएकोमा उपचारको क्रममा ताम्राकारको मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।