बिर्तामोड ।
झापाको कनकाई –९ घैलाडुब्बास्थित आर्दश विद्या मन्दिरमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरुले शुद्ध खानेपानी फिल्टर्ड सहितको धारा जडान गरि बिद्यालयलाई हस्तान्तरण गरेका छन् ।
आर्दश विद्या मन्दिरमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरुद्धारा गठित पूर्व बिद्यार्थी समाजले बिद्यालयमा अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई लक्ष्।ित गरी शुद्ध खानेपानी उपलब्ध गराउने उद्धेश्यले उक्त कार्य गरेको पूर्व बिद्यार्थी समाजका अध्यक्ष प्रेमप्रसाद चम्लागाईले बताए ।
दुई हजार लिटर क्षमताको शुद्ध खानेपानी फिल्टर्ड सहितको धारा दुई लाख ६५ हजारको लागतमा निर्माण गरिएको उनले बताए । पूर्व बिद्यार्थी समाजका अध्यक्ष प्रेमप्रसाद चम्लागाईको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजकी सहसचिव डिल्लीमाया उप्रेतिले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा बिद्यालयका पूर्व प्रध्यानाध्यापकहरु राम घिमिरे ,चन्द्र सुवेदी , पूर्व अध्यक्षहरु राम बाराकोटी , धर्मलाल राजवंशी , निर्माण व्यवसायी शेरबहादुर थापा, कनकाई– ९ का बडाध्यक्ष प्रेमप्रसाद राजवंशी लगायतले पूर्व बिद्यार्थीहरुले गरेको कार्यको प्रसंसा गरेका थिए ।
कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक धर्मानन्द निरौलाले बिद्यालयको गतिबिधीहरु प्रस्तुत गर्दै आगामी कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन पूर्व बिद्यार्थी समाजका सचिव रुद्र बोहोरा र उपाध्यक्ष राजु भूजेलले गरेका थिए ।