पर्यटन वर्ष सफल बनाउन तिलिचोको यात्रा

0
502

झापा।

पर्यटन वर्ष २०२०लाई सफल बनाउन भन्दै झापाका १२ जनाले तिलिचोतालको अवलोकन भ्रमण गर्ने भएका छन् ।

नेपालका सबै संस्कृति र मौलिक पहिचानको संरक्षण गरांै पर्यटन वर्ष २०२० सफल पारौं भन्दै १२ जनाले तिलिचोको अवलोकन भ्रमण शुरु गरेका हुन् । बिर्ता व्याडमिन्टन क्लव बिर्तामोड, देवी पञ्चकन्या मर्निङवाक ग्रुप बिर्तामोड र सूर्याेदय टेलिभिजनले आयोजना गरेको अवलोकन भ्रमणमा निस्किएकालाई मंगलवार बिर्तामोडबाट एक कार्यक्रम गरी बिदाई गरिएको छ ।

टोलीले पश्चिम नेपालका विभिन्न जिल्लामा रहेका पर्यटकीय क्षेत्रको अवलोकन गर्ने छ । बिदाई समारोहमा बोल्दै शिक्षासेवी गोपालकुमार बस्नेतले भ्रमणले आन्तरिक पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताए ।

तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाइमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत श्रृंखला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपूर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाइमा रहेको छ । यस तालको लम्बाइ ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराइ सरदर २०० मिटर छ ।

वरिपरिका हिमालहरुमा तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल रहेका छन् । तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा कहिलिएको दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सीमानामा रहेको टिटीकाका तालभन्दा ११०७ मिटर अग्लो रहेको छ ।

भ्रमण टोलीमा मदनगोपाल सुब्वाको नेतृत्वमा कुमार गिरी, मेदनी प्रसाई, अर्जुन चुडाल, रमेश प्रसाई, हिमाल प्रसाई, ओम खड्का, उमेश बोहोरा, महेन्द्र पोख्रेल, बिकास अग्रवाल, शीला उप्रेती र हेमन्ता पौडेल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here