बिर्तामोड, वाह्रदशी – ३ राजगढ निवासी समाजसेवी नवीन पोखरेलले राधानगर प्राविका १ सय ३० जना विद्यार्थीलाई पोशाक वितरण गरेका छन् ।
वाह्रदशी गाउँपालिका – वडा नम्वर ३ की जनप्रतिनिधि लक्ष्मी अधिकारीको समन्वयमा एनआरएन कतारका अध्यक्ष समेत रहेका पोखरेलले विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् । विद्यालयमा आयोजित कार्यक्रममा पोखरेलले सवै विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेका थिए ।
विद्यालय व्यवस्थाप समिति अध्यक्ष किसनलाल साहाको अध्यक्षतामा भएको कार्यक्रमम गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशीको प्रमुख आतिथ्य रहेको थियो । विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद साहाले स्वागत गरेको कार्यक्रमा जनप्रतिनिधि लक्ष्मी अधिकारी निरौला, कांग्रेस नेता, दयानन्द गोश्वामी, भगीरथ पोद्दार, टंक साहा, नवीन विमली, ओमप्रकाश गौतम, शिक्षासेवी छविलाल वस्नेत लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक ज्योतिष मण्डलले गरेका थिए ।
यता रामनगर प्राविका विद्यार्थीलाई सोही विद्यालयकी पूर्व विद्यार्थी चन्द्रा पाठकले विभिन्न खेलकुद सामग्री प्रदान गरेकी छिन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेशप्रसाद अधिकारी र विद्यालयका प्रधानाध्यापक भोला मिश्रलाई ८ प्रकारका खेलकुद सामग्री शुक्रवार प्रदान गरिएको थियो । खेलकुद सामग्री नवीन पोखरेलले विद्यालय परिवारलाई हस्तान्तरण गरेका थिए । वाह्रदशी –३ निवासी पाठक हाल काठमाडौं वस्तै आएकी छिन् ।