झापा।
नेपाल होस्टल एसोसिएसनको अध्यक्षमा भक्ति पाठक निर्वाचित भएका छन् । संस्थाको सातौं वार्षिक साधारणसभाले पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा भक्ति पाठकले दुई सय ६३ मत प्राप्त गरे भने प्रतिस्पर्धी गोविन्द गिरीले दुई सय ६० मत प्राप्त गरेका थिए ।
एसोसिएसनका वरिष्ठ उपाध्यक्षमा अरुण पराजुली महिला उपाध्यक्षमा उर्मिला भट्टराई(बराल), महासचिवमा रुपाली गुरागाईं(पौडेल), सचिवमा डण्डीप्रसाद गौतम, कोषाध्यक्षमा पूजा जोशी निर्वाचित भएका छन् ।
एसोसिएसनको विधान अनुसार निर्वाचित सात जना केन्द्रीय सदस्यमा कल्पना आचार्य, राजकुमार केसी, घनश्याम रिसाल, गणेश आचार्य, राधिका घिमिरे र हरिप्रसाद भेटवाल रहेका छन् ।
एसोसिएसन निर्वाचन समितिका संयोजक सुवास कोइरालाका अनुसार कूल छ सय ९२ मतदाता मध्ये पाँच सय ४१ मत खसेको थियो ।
नेपाल होस्टल एसोसिएसनमा नेपालभरका लगभग सात सय होस्टल सदस्य रहेका छन् । यसका काठमाडौँ, ललितपुर, काभ्रे, चितवन र मोरङ जिल्ला समिति विस्तार भइसकेको छ ।