ब्रीलीयन्ट प्यूपल्सको अभिभावक भेलामा विविध कार्यक्रम


५ फाल्गुन २०७६, सोमबार १२:०२ मा प्रकाशित

अर्जुनधारा ।

Advertisement

झापाको अर्जुनधारा–६ स्थित ब्रीलीयन्ट प्यूपल्स सेकेण्डरी स्कुलको वार्षिक सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा अभिभावक भेला–२०७६ सोमबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश पोखरेलको अध्यक्षता र अर्जुनधारा–६ वडा समितिका अध्यक्ष लोकनाथ गौतमको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत सह प्रधानाध्यापक अमृत बस्नेतले गरेका थिए ।

शैक्षिक प्रमुख रमेश नेपालका अनुसार कार्यक्रममा शैक्षिक विधा अन्र्तगत कक्षा एलकेजी देखि १० सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी कार्यक्रममा उत्कृष्ट अभिभावकबाट कक्षा–६की छात्रा लीना खतिवडाका अभिभावक तुलसा भट्टराई र जीवन खतिवडा, उत्कृष्ट शिक्षकबाट सीता नेपाल काफ्ले, उत्कृष्ट कर्मचारी सुनिता राजवंशी, उत्कृष्ट छात्र कक्षा–७का सौरभ ढकाल, उत्कृष्ट छात्रा कक्षा–९की रीया पोखरेल, उत्कृष्ट खेलाडी कक्षा–१०का आयुष अधिकारीलाई सम्मानित गरिएको थियो ।

त्यस्तै उत्कृष्ट ब्रीलीयन्ट लगबुक प्रयोगकर्ता शिक्षक रन्जना राई र सभाका उत्कृष्ट प्रस्तोता शिक्षक अरुण काफ्लेलाई सम्मानित गरिएको कार्यक्रममा विद्यालयमा स्थापना गरिएको विभिन्न छात्रवृत्तीका रकमहरु प्रदान गरिएको थियो ।

यसरी छात्रवृत्तीका रकम पाउनेहरुमा विष्णुलक्ष्मी एवमु चन्द्रकला स्मृति छात्रवृत्तीबाट एसईई २०७५का उत्कृष्ट तीन विद्यार्थी मनिस ओली(३.५५), अंगिता थापा(३.१५) र सुमि श्रेष्ठ(३.१५), मानबहादुर बस्नेत छात्रवृत्तीबाट कक्षा–९का रीजन बराल, महेश्वर पौड्याल स्मृति छात्रवृत्तीबाट कक्षा–७की शक्ति देवाली, हरि अधिकारी स्मृति छात्रवृत्तीबाट कक्षा–३की सृष्टीका पोखरेल रहेका छन् ।

नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौलालगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, नाटक, रायम्स, बीट बक्स, ¥याम्प वक, काता प्रदर्शनी, कविता वाचनलगायत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन प्रधानाध्यापक ताराप्रसाद नेपाल र शिक्षक कमला खरेलले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्