लुम्बिनीमा छैन चहलपहल

२४ चैत्र २०७६, सोमबार मा प्रकाशित

लुम्बिनी,

पर्यटकको मुख्य आकर्षण केन्द्र मानिने लुम्बिनीमा लकडाउनपछि पर्यटकको चहलपल शून्यप्रायः भएको छ ।

यहाँका मायादेवी मन्दिर, अशोक स्तम्भ, शान्ति स्तूपा, सेन्टर क्यानल, ग्रेट लोटस स्तुपा विभिन्न देशका नामका स्तुपालगायत क्षेत्रहरु अहिले सुनसान भएको लुम्बिनी बिकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिनुभयो ।

सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म १५ लाख ५८ हजार पर्यटकको आगमन भएको लुम्बिनीमा यो सिजनमा लगभग १ लाख भन्दा बढी पर्यटक आउने गरिएको थियो । पर्यटकीय चहलप नभएपनि यस क्षेत्रमा आश्रित परिवारको दैनिकी कठिन भएको छ ।

पर्यटनसँग जोडिएर १ सय २० होटल, ३० ट्राभल, १ सय ६० रिक्सा र १ सय ९० हेन्डिक्राफ्टका पसलहरु लुम्बिनी क्षेत्रमा चल्दै आएकामा ती प्रभावित भएको लुम्बिनी होटल एसोसिएसनका अध्यक्ष मिथुन कुमार श्रेष्ठले बताउनुभयो ।

गुम्बाहरुमा बस्ने बुद्ध धर्म गुरुहरुले भने विश्वशान्तिका कामनासहित कोरोना भाइरसको त्रासको अन्त्यका लागि दैनिक पूजा पाठ र ध्यान गरिरहेको स्थनीय पत्रकार प्रल्हाद यादवले बताउनुभयो ।

सन् १९९७ मा विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी अहिले संसारभरका बुद्धधर्मालम्बीको आस्थाको केन्द्र बनेको छ ।

लुम्बिनीसँग जोडिएका बुद्धको शाक्यवंश ऐतिहासिक दरबार तिलौराकोट, कपिलवस्तु, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा, बुद्धको अस्तुधातु रहेको रामग्राम, बुद्धको मावली देवदह, क्रकुन्छन्ट बुद्धको जन्मस्थल गोटिहवामा कुनै चहलपहल छैन ।

सन् १९७८ मा जापानी वास्तुविद् प्रा केञ्जो टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजनासँगै यहाँको विकास भइरहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here