लागु औषधसहित एक युवक पक्राउ

४ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

लहान,

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले आज बिहान एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका १५ बाट लागुऔषधसहित सिरहाको मिर्चैया नगरपालिका–५ निवासी ३५ वर्षीय आमोद भन्ने विजयकुमार यादवलाई पक्राउ गरेको हो ।

स२प ८५२६ नंको मोटरसाइकललाई जाँच गर्दा लागुऔषध कोरेक्स ११ बोतल, नाइट्रोभेट ७० थान बरामद भएपछि यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here