२०७७ असार २७ गते शनिबारको राशिफल

२६ असार २०७७, शुक्रबार मा प्रकाशित

मेष– अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ ।

वृष– धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ ।

मिथुन– जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ ।

कर्कट– आलस्य गर्ने बानीले उपलब्धि गुम्ने सम्भावना देखिन्छ, सजग रहनुहोला । बुद्धिको उपयोगले मात्र लक्ष्य प्राप्त हुनेछ ।

सिंह– काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ ।

कन्या– प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । सानातिना काम र घरेलु समस्या आउला ।

तुला– समस्यामा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ । शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ ।

वृश्चिक– अरूको विश्वासमा पर्दा काम अधुरो रहन सक्छ । घुमफिर तथा मनोरञ्जनको समय छ ।

धनु– प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

मकर– अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

कुम्भ– व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ ।

मीन– केही चुनौती देखिए पनि प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here