ट्याक्टर दुर्घटना हुँदा भोजपुरमा एकजनाको मृत्यु, पाँच जना घाइते

0
680

भोजपुर।

ट्याक्टर दुर्घटना हुँदा भोजपुरमा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको दक्षिणि आमचोक गाउपालिका ३ हागातुङ वयाङ सडक खण्डमा दुर्घट्ना हुँदा चालक दिपक कुवरको मृत्यु भएको हो । आइतवार प्रदेश नं १–०२–००३ त ५८८नम्वरको ट्याक्टर अनियन्त्रि भई दुर्घटना हुँदा ५ जना घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते हुनेमा आमचोक गाउँपालिका ३ बस्ने वर्ष १४ को नवहाङ राई, ४० वर्षीय टंक कुँवर, १६ वर्षीय विकाश कुँवर, आम्चोक गाउपालिका ६ बयाङका १८ वर्षीय नकुल राई र १८ वर्षीय भरत राई रहेका छन् । स्थानीय स्वास्थ्य चौकीमा उपचार को क्रममा चालक २८ वर्षीय दिपक कुवरको मृत्यु भएको हो ।

ट्याक्टरमा सवार अन्य ३ लाई उपचारका लागि धरान स्थित विपि कोईराला स्वास्थ्य प्रतिष्ठान रेफर गरिएको र र अन्य २ को भने स्थानीय स्वास्थ्य संस्थामा नै उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here