विराटनगर ।

मोरङको लेटाङबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
लेटाङ नगरपालिका–८ जाँते बस्ने २८ बर्षीय मनोजकुमार मगर पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी निरिक्षकको टोलीले चेकजाँच गर्ने क्रममा मगरलाई पक्राउ गरको हो । मगरको साथबाट प्रहरीले ३ सय १६ थान ट्रामा र ३ सय ८८ थान डिकोलिक लागुऔषध बरामद गरेको छ ।
उनको को २ ह ६१७४ नम्बरको टेम्पो समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।






























