२०७७ कात्तिक १८ गते मंगलबारको राशिफल

१७ कार्तिक २०७७, सोमबार मा प्रकाशित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु र रोगबाट भने सजग रहनुपर्ला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । सुखद् समाचारले मनको डर उत्साहमा रूपान्तरण हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला । अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सहपाठीहरू पछि पर्नेछन् भने मेहनतले प्रतिष्ठा दिलाउनेछ । काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिन सक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुन सक्छ । साथीभाइसँग परिचय बढला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, महत्वाकांक्षी योजना सम्पादन हुनेछ । रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन् । काममा मेहनतको फल प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । यात्राको अवसर आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आजको समयको प्रभाव उत्तम छ । नयाँ वस्त्र आभूषण मिल्ला । कसैले तपाईलाई भने जस्तो उपहार दिन सक्ला ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here