कम्बल वितरण

0
425

pu

बिराटनगर,माघ १२ ।  भन्सार सेवासङ्घ रानीले विराटनगर–४ स्थित बालकल्याण गृहका आश्रित बालकलाई कम्बल वितरण गरेको छ ।

सङ्घले ६२आँै अन्तर्राष्ट्रिय भन्सार दिवसको पूर्वसन्ध्यामा बालकल्याण गृहका आश्रित २७ जना बालकलाई कम्बल वितरण गरिएको हो । सो अवसरमा उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले भन्सार सेवा सङ्घको सो कार्यको प्रशंसा गरे ।

उनले समाज सेवाको यस्तो कार्यलाई सङ्घले निरन्तरता दिनुपर्ने धारणा राखे । विराटनगर भन्सार प्रमुख राजेन्द्रप्रसाद दाहाल, भन्सार सेवा सङ्घका अध्यक्ष कृष्णबहादुर थापा, पूर्वअध्यक्ष प्रवीण जोशी, सशस्त्र प्रहरीका डिएसपी कृष्णबहादुर बस्नेत, भन्सार एजेन्ट सङ्घका अध्यक्ष विजेन्द्र परासर लगायतका सहभागीहरूले बालबालिकालाई कम्बल हस्तान्तरण गरे ।

विक्रम संवत् १९८० मा राणाहरूद्वारा टुहुराहरूका लागि पाकशालाका रूपमा स्थापना गरिएको उक्त ठाउँलाई कालान्तरमा बालकल्याण गृहका रूपमा विकसित गरिएको कल्याण गृहका प्रमुख हिमालय बरालले बताए ।  तीसजना बालबालिका राख्न सक्ने क्षमता भएको सो गृहमा हाल २७ जना टुहुरा बालकले आश्रय लिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here