लायन्स र लियोद्वारा केर्खा बजार सरसफाई

९ फाल्गुन २०७७, आईतवार मा प्रकाशित

उमानाथ भण्डारी,
कमल ।

लायन्स क्लव अफ केर्खा र लियो क्लव अफ केर्खाको संयुक्त आयोजनामा केर्खा बजार सरसफाई गरिएको छ ।

‘आफ्नो चुलो–चौका, घर आँगनदेखि चोक बजार सफा राखौं, आफ्नो अमूल्य जीवन स्वस्थ्य बनाऔं’ भन्ने नाराका साथ बजार सरसफाई गरिएको लायन्स क्लव अफ केर्खाका अध्यक्ष लायन अग्निप्रसाद कोइरालाले बताए ।

आफ्ना घर तथा पसलबाट निस्किएको फोहोर आफैले व्यवस्थापन गर्न सकेमात्र टोल सफा हुन्छ, टोल सफा भए बजार सफा हुन्छ । त्यसैले आजैबाट आफ्नो घरको फोहोर आफैले सफा गरौं भन्दै कार्यक्रमका सहभागीले घरधनी तथा व्यवसायीलाई सुझाव दिएका थिए ।

कार्यक्रममा ३ नम्वर वडा कार्यालयका अध्यक्ष नरप्रसाद दंगाल, कमल उद्योग वाणिज्य संघ, केर्खा बजार व्यवस्थापन समिति, कमल नगर जेसीज, डीपीएल कमल लगायत स्थानीय संघ सस्थाका प्रतिनिधी तथा सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here