अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित मुजुरेडाँगीमा रहेको नर्वदेश्वर शिवालय मन्दिरमा यही फागुन २७ गते महाशिवरात्रीको अवसरमा विविध कार्यक्रम हुने भएको छ ।
मन्दिर व्यवस्थापन समितिद्वारा बिहीबार आयोजित पत्रकार भेटघाटमा उक्त दिन रुद्री चण्डी, पूजा, होमादी र साँझ भजनकिर्तन गर्ने कार्यक्रम रहेको अध्यक्ष भीमबहादुर घिमिरेले बताए ।
समितिका अध्यक्ष घिमिरेको अध्यक्षतामा आयोजित सोही कार्यक्रममा सचिव पारसमणि गिरीले समितिको गत आर्थिक वर्ष ०७६/०७७को असोज २० गतेदेखि चालु आर्थिक वर्ष ०७७/०७८को फागुन १५ गते सम्म भएको विभिन्न कार्यको आम्दानी खर्च विवरण प्रस्तुत गरेका थिए ।
गत असोजमा जिल्ला प्रशासन कार्यालय झापामा विधिवत् दर्ता भएको उक्त मन्दिरमा २०६४ सालदेखि पूजाअर्चनाको कार्य हुँदै आएको पूर्व सचिव विजय साङपाङ राईले जानकारी दिए ।































