बुधबारे जेसीजको भवन शिलान्यास: निर्माण कार्य पूरा गर्न ‘मेरो पनि योगदान छ’ कार्यक्रम ल्याइने

0
407

बुधबारे 

बुधबारे जेसीजको सचिवालय भवनको एक कार्यक्रमको आयोजना गरी आज शिलान्यास गरिएको छ । सन् २०१२ मा स्थापना भएको बुधबारे जेसीजले आप्mनै जमिनमा एक कार्यक्रमको आयोजना गरी सचिवालय भवन शिलान्यास गरेको हो ।

५० लाख रुपैँयाको अनुमानित लागतमा निर्माण सम्पन्न हुने तीन तले भवनको बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भूर्तेलले शिलान्यास गरेकी हुन् । बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाई, बुद्धशान्तिका वडाध्यक्षहरु भीमकुमार नेवार, शम्भु पौड्याल, बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रप्रसाद चापागाई, बुद्धशान्ति उद्योग वाणिज्य संघका हालै निर्वाचित अध्यक्ष चन्द्रप्रसाद उप्रेती, बुद्धशान्ति–१ का वडासदस्य टीका धिमाल, यमुना चापागाई, ह्याप्पील्याण्ड बोडिङ स्कुलका फाउन्डर प्रिन्सिपल बुद्धिकान्त अधिकारी लगायतको आतिथ्यतामा भवनको शिलान्यास गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिए ।

बुधबारे जेसीजका पूर्व अध्यक्षहरु सेमन्त पोखरेल, रमेश बराल, प्रकाश भण्डारी, हेमन्त बराल, निर्वतमान अध्यक्ष नन्दकुमार याफू राई लगायत बोर्डका पदाधिकारीको उपस्थितिमा भवन शिलान्यास गरिएको बुधबारे जेसीजका महासचिव सुजित बरालले बताएका छन् ।

भवन निर्माणका लागि बुधबारे जेसीजको बोर्ड बैठकले भवन निर्माण समिति संयोजकमा निर्वतमान अध्यक्ष नन्दकुमार याफू राई तथा पूर्व अध्यक्ष रमेश बरालको संयोजकत्वमा अनुगमन समिति निर्माण गरेको छ । त्यस्तै आर्थिक समिति संयोजकमा दीपेन सिटौला रहेका छन् । सम्पूर्ण पूर्व अध्यक्षहरु भवन निर्माण समितिमा रहेका छन् ।

‘बुधबारे जेसीजका लागि आजको दिनलाई ऐतिहासिक महत्वको मान्नुपर्छ’ बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले भने ‘भवन निर्माणलाई पूर्णता दिन सम्पूर्णको साथ सहयोग जुट्नेमा बुधबारे जेसीज विश्वस्त छ।’ उनले जेसीज भवन सबैको साझा भएकाले साझा प्रयासबाट नै यसको निर्माण सम्मन्न गरिने पनि बताए ।

विरता जेसीजले मातृत्व प्रदान गरेको बुधबारे जेसीज युवा व्यवसायी प्रकाश शिवाकोटीको अध्यक्षतामा सन् २०१२ मा स्थापना भएको हो । बुधबारे जेसीजलाई बुद्धशान्ति १ का शिक्षासेवी ज्ञानेन्द्रप्रसाद धिमिरेको परिवारले १० धुर जग्गा निशुल्क प्रदान गरेको थियो । भवन निर्माण समितिका संयोजक नन्दकुमार याफू राईले सबैबाट भवन निर्माणमा साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । भवन निर्माणलाई पूर्णता दिन बोर्डका पदाधिकारी सहित सम्पूर्ण पूर्व अध्यक्षहरु लागि परेका छन् ।

यसैबिच बुधबारे जेसीजले भवन निर्माण कार्य पूरा गर्न ‘मेरो पनि योगदान छ’ कार्यक्रम ल्याउने बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिए । उनले भवन सबैको साझा हुने हुँदा ‘मेरो पनि योगदान छ’ कार्यक्रम अनुसार सबैको अपनत्व हुने गरी निर्माण कार्य सम्पन्न गरिने बताएका छन् । सबैलाई भवन निर्माणमा सहयोग गर्न बुधबारे जेसीजले अपील समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here