विर्तामोड।

सारेगमप लिटल चेम्स नेपाल की बिजेता कृपा पौडेललाई बिर्तामोड उद्योग बाणिज्य संघले सम्मान गरेको छ ।
कृपाका बुवाले विर्तामोडमा कम्युनिकेशन सञ्चालन गर्दै आएका छन् । संघको सदस्य समेत रहेकाले उनकी छोरी कृपालाई सम्मान गरिएको संघका कार्यवाहक अध्यक्ष राजु न्यौपानेले बताए ।
सम्मान कार्यक्रमममा बोल्दै न्यौपानेले भने ‘साँगीतिक क्षेत्रमा कृपाले प्राप्त गरेको राष्ट्रिय स्तरको उपाधिले विर्तामोड उद्योग बाणिज्य संघको पनि गौरब बढेको छ ।
देशविदेशबाट सहभागी ३५ हजार प्रतिष्पर्धीलाई पछि पार्दै प्रथम बन्न सफल कृपालाई कार्यक्रमका बीच संघका पदाधिकारीहरुले सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा संघकी महिला जनसम्पर्क उपाध्यक्ष नैनकला भट्टराईले स्वागत गरेकी थिइन् । सचिव कुशल खतिवडाले सम्मान–पत्र बाचन गरेका थिए भने कृपा जिताउँ अभियानका सचिव माधव कल्पितले बधाई दिएका थिए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, कार्यक्रमका अध्यक्ष राजु न्यौपाने लगायतले सम्मान गरेका थिए ।
शुक्रबार गृहजिल्ला झापा आइपुगेकी कृपालाई विभिन्न संघ–संस्थाहरुले सम्मानका कार्यक्रम दिनहुँ जस्तो राखिरहेका छन् ।































