अर्जुनधारामा टाइफाइड रोग विरुद्धको खोप अभियान सम्बन्धी गोष्ठी सम्पन्न

0
647

अर्जुनधारा ।

टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात सम्बन्धी अभिमुखिकरण गोष्ठी शुक्रबार झापाको अर्जुनधारामा सम्पन्न भएको छ ।

नगरस्तरिय खोप समन्वय समिति, जनप्रतिनिधि, सरोकारवाला स्वास्थ्यकर्मी, पत्रकारहरुलाई जानकारी दिने उद्देश्यले उक्त गोष्ठीको आयोजना गरिएको आयोजक नगर स्वास्थ्य शाखाका अधिकृत मुकुन्द बस्नेतले बताए ।

कार्यक्रमका सहभागीहरुलाई स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत इश्वरी पौडेलले सहजिकरण गरेका थिए । नगरमा यही चैत २५ गतेदेखि ३० गतेसम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम रहेको शाखाका अधिकृत बस्नेतले जानकारी दिए ।

उनका अनुसार खोप कार्यक्रम सञ्चालन गर्ने विषयमा सोमबार सबै वडामा खोप समन्वय समितिको बैठक बस्ने र मंगलबार शिक्षक र स्वयंसेवकहरुका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन हुने कार्यक्रम रहेको छ ।

शनिश्चरे अस्पतालका प्रमुख डा.आशिष पौडेलको अध्यक्षता र स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत पौडेलको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको सञ्चालन शाखाका अधिकृत बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here