स्वस्तिकामा सर्पदंश सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

0
911

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८स्थित स्वस्तिका शिशु सदन अङग्रजी माध्यमिक विद्यालयमा शुक्रबार सर्पदंश सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ श्रीनाथ गण चारआलीको प्राविद्यिक सहयोगमा आयोजित उक्त कार्यक्रम विद्यालयका अभिभावक र विद्यार्थीहरुलाई सर्पदंश बारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको विद्यालयकी संस्थापक इश्वरा श्रेष्ठले बताइन् ।

सहजकर्ता गणका अमलदार सीताराम श्रेष्ठले सहजिकरण गरेको कार्यक्रममा एक सय जना बढीको सहभागिता रहेको थियो । कार्यक्रममा सर्पका प्रजातिहरु, नेपालमा पाइने विषालु सर्पहरु, सर्पले डसेमा के गर्ने ?, सर्पले डसेमा के नगर्ने ?, सर्पको डसाईबाट जोगिने उपायहरु, सर्पको प्रभाव बढ्दो समय, सर्पले मानिसलाई किन डस्छ ?, सर्पदंश उपचार चार्टलगायतका विषयमा जानकारी गराइएको थियो ।

त्यसैगरी कार्यक्रममा गणका उपसेनानी निरज चौहनले नेपाली सेनामा भर्ना हुने प्रक्रिया र अर्का अमलदार दिपीन लिम्बूले माईन जोखिम शिक्षाका विषयमा सहजिकरण गरेका थिए ।

विद्यालयकी संस्थापक श्रेष्ठको अध्यक्षता र उपसेनानी चौहनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा औचित्यसहित स्वागत मन्तव्य विद्यालयका निर्देशक वसन्त श्रेष्ठले गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका संयोजक सीपी सुवेदीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here