नयाँ घर

0
229

अर्जुन पौडेल,

‘यतिबेला यस जुलुसलाई जसले अन्त्य गर्ने कोशिस गर्छ, उसलाई न यो भीडले माफी दिन्छ, न इतिहासले नै । कायरहरु पेटीमा जाउ, सडक बहादुरहरुका लागि छाड…!
राजनीतिक विश्लेषकका रुपमा नेपाली जनसमुदायमा लोकप्रिय व्यक्तित्व श्री आहुतिद्वारा रचित ‘नयाँ घर’ उपन्यासले धेरै कुरा बोल्दछ । विशेषतः वर्ग संघर्षको धर्तीमा ओर्लिएर संघर्ष गर्ने योद्धाहरुका संघर्ष, तिनका मनोभाव आदिलाई सरल ढङ्गले अभिव्यक्त गर्नु प्रस्तुत उपन्यासको खुबी हो । कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनका कथालाई सिँधै पाठकसामु उभ्याउनुले यसलाई राजनीतिक उपन्यास ठान्न सकिन्छ । तर, निम्न वर्गीय परिवारको जीवन, तिनका उतार चढाव, तिनका सपना आदि कुराहरुले यसलाई कुनै एक शब्दभित्र कैद गरिहाल्नु पनि न्यायोचित ठहर्दैन ।

उपन्यासले बिशेषगरी सर्वहाराकरणको प्रश्न उठाउँछ । हाम्रो देशमा सर्वहारा वर्गको विकास भएकै छैन भने पनि हुन्छ । त्यसका लागि क्रान्तिकारी आन्दोलनमा सहभागिता र माक्र्सवादी, लेनिनवादी दर्शनको उच्च शिक्षा नै प्रमुख आवश्यकताहरु हुन् । सर्वहारा दृष्टिकोणको पिछडीएको परिणाम के हुँदोरहेछ अरे भने कम्युनिष्टहरु पुँजीवादी, निम्न पुँजीवादी या सामन्ती र रुढीवादी दृष्टिकोण अनुसार नै आफ्नो जीवन, लक्ष्य, नैतिकता आदिबारे सोच्न र काम गर्न थाल्दा रहेछन् । जसले तिनलाई बिचित्रको जनावर बनाउँदोरहेछ । उपन्यासमा राजनीतिक आन्दोलन र त्यससँग सम्बन्धित बिचारहरु (चाहे तपाइँ असमर्थ वा समर्थ हुनुहोस्) भएको हुँदा र त्यतिमात्र नभई उपन्यासका मूख्य पात्र सूर्य थापाले जीवनका बिभिन्न पाटोमा लिएका निर्णयहरु, सत्यको पक्षमा खुट्टा नहल्लाई फाल हाल्न गरिएका आह्वानहरुले कुनै निश्चित उमेर समूहले मात्र पढ्नुपर्ला भनि नठाने हुन्छ । हरेक युवा जो आफ्नो जीवनलाइरु निर्थक, निराशाजनक देख्न चाहँदैन सबैले यसलाई पढे हुन्छ ।

२०४६ सालमा प्रजातन्त्रको आगमन पछि वर्षौँदेखि जो निस्क्रिय रहेका र कतिपय त राजनीति छाडेर निजी स्वार्थका लागि हिँडेकाहरु पनि क्रान्तिकारी देखिन न्वारानदेखिको बल निकाली भाषण गर्न तम्सिएपछि सडकभरि छेपाराहरुको भीड लागेका कुराहरुले वर्तमान परिपेक्षमा पनि सम्पूर्णलाई सोचमग्न बनाउँदछ । कलाको दृष्टिकोणले उपन्यासमा धेरै कमजोरीहरु देखा पर्न सक्छन् । जस्तो कि केही अनुच्छेदहरु पटक–पटक दोहो¥याउनु, पाठकले बुझ्दाबुझ्दै पनि एकै कुरा धेरैपटक व्यक्त गरिरहनुले शुरुवातमा पाठकलाई तितो महशुस हुन सक्छ । तर, मुख्य कुरा जो मैँले देखेँ र पढिसकेपछि धन्य, धन्य महशुस गरेँ, त्यो हो यसभित्रको गुदी अर्थात् सामग्री ! हुन त म आफूलाई बिशेष कलाचेतले भरिपूर्ण पाठक त ठान्दिनँ तर एउटा सामान्य पाठकले पनि यी कुराहरु सहजै महशुस गर्ला । यहाँनेर तमाम युवा पाठकहरु समक्ष अनुरोध गर्दछु । कि उपन्यासमा केही न केही छ, जो तपाई हामीलाई सिक्न जरुरी छ । तसर्थ, धैर्य गर्नुहोस्, पुस्तक पूरा पढ्नुहोस् । आशा गर्दछु, यी कुराहरु पश्चात पनि म बिगार्ने सिद्ध हुनबाट जोगिएँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here