विन्ध्यावासिनीमा श्रीमद् भागवत ज्ञान महायज्ञ हुने

0
135

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ भाङबारीस्थित विन्ध्यावासिनी सिंहदेवी मन्दिरमा यहि चैत १० गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुने भएको छ ।

राम नवमी पर्वको अवसरमा आयोजना गरिएको उक्त महायज्ञ चैत १६ गतेसम्म सञ्चालन हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज जोशीले बताए ।

सातौं धार्मिक अनुष्ठानको रुपमा सञ्चालन हुने महायज्ञको उद्देश्य मन्दिर परिसरमा राधाकृष्ण मन्दिर निर्माण, विपन्न नागरिकहरुको शिक्षा र स्वास्थ्यको लागि स्थापना गरिएको अक्षयकोषको निरन्तरता, मन्दिरलाई आवश्यक भूमिदानको निरन्तरतासँगै मन्दिरको विकास गर्ने रहेको अध्यक्ष जोशीले जानकारी दिए ।

प्रमुख वाचक राधिका दासी रहेको महायज्ञ अन्र्तगत दैनिक पाठ पारायण र चण्डी पाठ, साँझ कथा महात्म्य र भजन किर्तन, १५ गते लक्ष्यवर्तीका र १६ गते कथा समापन, हवन, तिलकपाती, प्रसाद वितरणलगायत रहेको छ ।

अनुमानित १८ लाख रुपैयाँ खर्च लाग्ने महायज्ञ सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरिएको छ । जसअनुसार चिरञ्जिवी शिवाकोटीको संयोजकत्वमा आर्थिक तथा गल्ला समिति, एकदेव खनालको संयोजकत्वमा प्रचारप्रसार समिति, गोपाल राउतको संयोजकत्वमा खाद्यान्न व्यवस्थापन समिति, दशरथ गौतमको संयोजकत्वमा धान्याञ्चल समिति, नरमाया थापाको संयोजकत्वमा पूजा सञ्चालन समिति, मनोज जोशीको संयोजकत्वमा अतिथि सत्कार तथा व्यवस्थापन समिति, रोशन बस्नेतको संयोजकत्वमा स्वास्थ्य समिति र समिर निरौलाको संयोजकत्वमा सुरक्षा तथा पार्किङ व्यवस्थापन समिति रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here