सुनसरी।

सुनसरीको इटहरी उप–महानगरपालिका–१७ कि कमला तामाङको खुकुरी प्रहारबाट मृत्यु भएको छ ।
इटहरी उप–महानगरपालिका–१७ मझौरा कि ३२ बर्षीया कमला तामाङलाई उनकै ज्वाई नाता पर्ने भोजपुर साल्पासिलिचोक ९ का ४९ बर्षीय निमा तामाङले मादक पदार्थ सेवन गरी सामान्य विवादका क्रममा घाँटीमा खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।
ज्वाईको खुकुरी प्रहारबाट घाईते भएकी तामाङको उपचारको क्रममा आर्या न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । खुकुरी प्रहार गर्ने निमा तामाङलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































