इलामको काठ झापामा तस्करी

0
43

झापा ।

इलामका चुरे क्षेत्रमा रहेका वनबाट चोरी तस्करी गरी माई खोलामा बगाएर ल्याउँदै गरेको काठ झापाको दोमुखामा प्रहरलिे बरामद भएको छ ।

शिवसताक्षी नगरपालिका–१० दोमुखास्थित माई खोलामा इलामबाट काठ चोरी तस्करी गरी ल्याइरहेको भन्ने सूचना पाए लगतै इलाका प्रहरी कार्यालय झिलझिले, चुलाचुली सब डिभिजन वन कार्यालय इलाम र माई सुखानी सब डिभिजन वन कार्यालय इलामबाट खटिएका वन रक्षक तथा गैँडे सामुदायिक वन उपभोक्ता समिति माईधारको संयुक्त टोलीले अन्दाजी ६० हजार मूल्य बराबरको सखुवा जातको २०.२२ क्युबिक फिट फेन्टा बरामद गरेको थियो ।

तस्करहरूले प्रहरीमाथि ढुङ्गा र गुलेलीले आक्रमण गरेको र पछि थप सुरक्षाकर्मी लगेर काठ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिष बुढाथोकीले बताए । बरामद गरिएको काठ गैँडे सामुदायिक बन माईधारमा बुझाइएको छ ।

यसअघि गत बैशाख १५ गते माई खोलामा त्यसरी नै बगाएर ल्याउँदै गरेको चोरीको काठ प्रहरीले बरामद गरेको थियो । ट्युबमाथि काठ राखेर माई खोलाको पानीमा बगाएर इलामबाट काठ चोरी गरी झापातर्फ ल्याउने क्रम बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here