हाइकु र मुक्तककार : विमल गिरी

0
10

साहित्यकार विमल गिरी प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको विकासमा सक्रिय छन् । हाल युरोपियन मुलुक बेल्जियमको राजधानी ब्रसेल्समा रहेका उनले आफ्नो छैटौं कृति अजम्बरी (मुक्तक संग्रह) प्रकाशनमा ल्याएका छन् । झापा बिर्तामोड–२ चारपानेका गिरी सानैदेखि साहित्य सृजनामा सक्रिय छन् । उनको पहिलो कृतिको रुपमा गिती एल्बम ‘उपासना’ २०६५ सालमा आएको हो । त्यसपछि लगातार उनका कृतिहरु प्रकाशन हुन थाले ।

२०६६ मा ‘सम्झनाका तरेलीहरु’ नामक गिती संग्रह मार्फत साहित्य तथा गीत–संगीत क्षेत्रमा आफ्नो नाम अघि बढाउन सफल भए । २०६८ मा उनले मुक्तक संग्रह ‘गोधुली मन’ प्रकाशनमा ल्याए । मुक्तक र हाइकुमा उनको विशेष लगाव र दख्खल पाइन्छ । २०७२ मा अर्को मुक्तक संग्रह ‘स्पन्दनका छालहरु’ मार्फत उनी साहित्य अनुरागीहरु माझमा छाउन सफल भए ।

उनले हाइकुमा पनि आफ्नो दक्षता प्रदर्शन गरेका छन् । ‘विभाजित मन’ नामक उनको हाइकु संग्रह २०७३ मा प्रकाशित भयो । उनको पाँचौं कृतिको रुपमा अर्को हाइकु संग्रह ‘सुनाखरी’ प्रकाशित भयो । उनको छैटौं कृति ‘अबम्बरी’ मुक्तक संग्रहको गृह विमोचन झापाको बिर्तामोडमा तयारी भइरहेको छ । कृति विमोचनका लागि उनी बेल्जीयमबाट नेपाल आउँदैछन् । शब्दार्थ प्रकाशनले उक्त कृति प्रकाशन गरेको हो ।

साहित्यमा विशेष योगदान पुर्याए वापत उनलाई भोजपुर प्रतिभा प्रतिष्ठान बेलायले २०७०, नेपाल सरकारबाट भानुभक्त स्वर्ण पदक २०७२ र नई कृति रत्न अलंकार २०८० लगायतका सम्मान प्रदान गरिएको छ । ब्रसेल्समा उनी आफ्नो व्यवसायसँगै नेपालीहरु बीचको भावनात्मक एकता तथा साहित्य सृजनाका काममा व्यस्त भेटिन्छन् । उनी अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज अमेरिकाका आजीवन सदस्य हुन् ।

त्यस्तै बेल्जीयम च्याप्टरका संस्थापक उपाध्यक्ष रहेका गिरी सन् २०११ देखि २०१४ सम्म उक्त च्याप्टरको अध्यक्ष समेत भए । हाल सल्लाहकार रहेका उनी मुक्तक प्रतिष्ठानका आजीवन सदस्य, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका सदस्य समेत हुन् । नेपाली भाषा साहित्यमा गिरीले पुर्याउँदै आएको योगदान प्रशंसनीय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here