बिर्तामोड ।

बिर्तामोड क्षेत्रमा रहेका विपन्न परिवारलाई खाद्यन्न तथा अत्यावश्यक सामाग्री खरिदको लागि बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा वीरता जेसीज र वीरता लेडी जेसीजले आर्थिक सहयोग गरेको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९को संक्रमणवाट वच्न भइरहेको लकडाउनमा बिर्तामोड क्षेत्रमा रहेका विपन्न, अपाङ्ग, असहाय, दैनिक ज्यालादारी गर्ने व्यक्ति वा मजदुरको परिवार भोकै बस्न नपरोस् भन्ने उद्धेश्यले खाद्यन्न तथा अत्यावश्यक सामाग्री खरिदको लागि वीरता जेसीज र वीरता लेडी जेसीजले ७६ हजार रुपैयाँ प्रदान गरेको हो ।

वीरता जेसीजका अध्यक्ष मिजास पोखरेल , महासचिव विकास वस्नेत , उपाध्यक्ष प्रभात मास्के, कोषाध्यक्ष प्रकाश सुवेदी , सदस्यहरु प्रविन खड्का , दिवाकर प्रसाईं र वीरता लेडी जेसीजकी अध्यक्ष सुस्मा पौडेल , कोषाध्यक्ष हिमा पौडेल , कार्यकारीणी उपाध्यक्ष कामना उप्रेती , संगीता चिमरीया , उपाध्यक्ष सुमित्रा भट्टराई , झुमा चुडाल लगायतले बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीलाई रकम हस्तान्तरण गरेका थिए ।






























