सुनसरी।

सुनसरीको इनरुवा–९ बबियाकी ४२ बर्षीया सुनिता खत्वेको बिजुलीको पोल ढलेर लाग्दा मृत्यु भएको छ ।
बुधबार बेलुका सोही स्थानमा को १ क ८७६ नम्बरको स्काभेटरले नहर सफा गर्ने क्रममा बिजुलीको पोलमा ठक्कर लाग्दा उक्त बिजुलीको पोल ढलेर घरमा बसिरहेकी खत्वेलाई लाग्दा गम्भिर घाईते भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
स्काभेटर नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।































