इलाममा १० लाख बराबरको चिया जल्यो

0
972

इलाम ।

इलाम सूर्योदय नगरपालिका–९ गैरिगाउमा रहेको ग्रामिण चिया उद्योगमा बिहीबार बिहान साढे ५ बजे आगोलागी हुँदा स्टोरमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भएको जनाएको छ ।

सोही फ्याक्ट्रीका कामदारहरुले फ्याक्ट्री नजिकै चिया पकाउने क्रममा ग्यास लिग भई आगोलागी भएको थियो । उक्त आगो प्रहरी र स्थानियको सहयोगमा बिहान ६ बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ ।

आगोलागीबाट मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here