नेविसंघ पाँचथरमा आर्चाय

१७ भाद्र २०७०, सोमबार मा प्रकाशित

 

 

पाँचथर,भदौ १७ । नेपाल विद्यार्थी संघ पाँचथरको १२ औं जिल्ला अधिवेशन आज विहान सम्पन्न भएको छ । अधिवेशनमा भएको चुनावपछि तुलसी आचार्य विजयी भएका छन् । आर्चायका प्रत्यासी डेकेन्द्रकुमार तामाङलाई ४ मतलेपछि पार्दै उनी विजयी भएका हुन् । एक सय चार प्रतिनिधिवाट खसेको मत आचार्यको पक्षमा ५४ र उनका प्रत्यासी तामाङले ५० मत प्राप्त गरेका थिए । यस्तै सचिवमा आचार्यकै प्यानलका धनकुमार लावती तामाङ प्यानलका प्रत्यासी रामचन्द्र ढुङगेललाई हराउँदै विजयी वनेका छन् । यस्तै महाधिवेशन प्रनिधिनिमा टंक पौडेल,धनसिङ नेम्वाङ,पूर्ण तुम्वापो,रोशन वुढाथोकी, लगायतलाई चयन गरिएको छ । क्षेत्र नम्वर १ र क्षेत्र नम्वर २ मा भने यसअघिनै अध्यक्ष र सचिव चयन गरिएको छ । क्षेत्र नम्वर १ वाट डम्वरुवल्व ओझा र सचिवमा दिपक प्याकुरेल क्षेत्र नम्वर २ मा अध्यक्ष महेन्द्र चेम्जोङ र सचिवमा प्रकाश शेर्मा विजयी भएका छन् । भदौ १३ गतेवाट शुरु भएको अधिवेशन ५ दिनपछि आज १७ गते मात्रै सकिएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।