शिवसताक्षीका विद्यार्थीको जेठ मसान्तमै परीक्षाफल

0
1012

झिलझिले, 
झापाको शिवसताक्षी नगरपालिकाले आन्तरिक मूल्याङ्कन मार्फत परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको छ । जिल्लाका सबै स्थानीय तह का शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखको जेठ ११ गते बसेको जुम मिटिङ्गको निर्णयअनुसार शुक्रबार शिवसताक्षी नगरपालिकाको शिक्षा शाखाले सूचना प्रकाशित गरी जानकारी गराएको हो ।


पूर्व प्राथमिक तह देखी कक्षा ९ सम्मको विद्यार्थीहरूको नतिजा आन्तरिक मूल्याङ्कन मार्फत विद्यालयलाई परीक्षाफल प्रकाशित गर्न भनिएको छ ।
कोरोना महामारीको सङ्क्रमण यथावत् रहेकोले विद्यार्थी भौतिक रूपमा विद्यालयमा गएर परीक्षा दिन सक्ने अवस्था नरहेको भन्दै नगर शिक्षा समितिले आन्तरिक मूल्याङ्कन मार्फत परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।
नगर शिक्षा अधिकारी उप सचिव सुरेन्द्र दाहालले सबै सामुदायिक तथा संस्थागत विद्यालयले जेठ मसान्त भित्र एक साथ आन्तरिक मूल्यांकन मार्फत परीक्षाफल प्रकाशन गर्ने निर्णय भएको जानकारी दिए ।
पाठ्यक्रमले तोके अनुसार निरन्तर विद्यार्थीको मूल्याङ्कन आवधिक परीक्षा,त्रैमासिक,अर्धवार्षिक परीक्षाहरूमा विद्यार्थीले प्राप्त गरेको औषत अङ्कको आधारमा नतिजा तयार पार्ने र प्रकाशन व्यवस्थापन गर्नुपर्ने मापदण्ड निर्धारण गरिएको शिक्षा अधिकारी उपसचिव दाहालले जानकारी दिएका छन् ।
विद्यालयले विद्यार्थीको रचनात्मक गतिविधि, आवधिक परिक्षा, भर्चुअल परीक्षा, गृहकार्य अथवा परियोजना मूल्यांकनका आधारमा विद्यार्थीको परीक्षाफल प्रकाशन गर्न नगरपालिकाको शिक्षा शाखाले विद्यालयले आग्रह गरेको छ। यस्तै प्रश्नपत्र विद्यार्थीको घरमा पठाइ उत्तरपुस्तिका संकरण र परीक्षण गर्न सकिने पनि निर्णय भएको छ । त्यो पनि सम्भव नभए फोन वा इमेलमार्फत प्रश्नपत्र घरमा पठाइ विद्यार्थीबाट उत्तरपुस्तिका संकलन गरेर परिक्षण गर्न सकिने समेत शिक्षा अधिकारी दाहालले बताए । उनका अनुसार फोन वा अनलाइनबाट अन्तर्वार्ता लिएर पनि विद्यार्थी मूल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here